मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

थ्रीडी प्रिन्टेड मष्तिष्कको तन्तु बन्यो, ठूलो छलाङ मारिएको वैज्ञानिकको दाबी

काठमाडौं- वैज्ञानिकहरूले थ्रीडी प्रिन्टिङ प्रविधिबाट मष्तिष्कको तन्तु बनाउन सफल भएका छन् ।

अचम्मको कुरा के छ भने यसको टिस्युले प्राकृतिक ब्रेन टिस्युजस्तै काम गर्छ । यो संसारको पहिलो थ्रीडी प्रिन्टेड ब्रेन टिस्युले मानव मष्तिष्क जस्तै काम गर्छ । यो न्यूरोलोजिकल र न्यूरो डेभलपमेन्ट समस्याहरू समाधान गर्ने दिशामा ठूलो छलाङ मानिएको छ ।

यसले विशेष गरी अल्जाइमर र पार्किन्सन रोग जस्ता न्यूरोलोजिकल र न्यूरो डेभलपमेन्टल रोगहरूमा अनुसन्धान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यो एक अत्यन्त शक्तिशाली मोडेल हुने र मस्तिष्कका कोशिका तथा अन्य भागले मानिसको शरीमा कस्तो काम गर्छन् भनेर बुझ्न मद्दत गर्ने वैज्ञानिकहरुको विश्वास छ ।

यसले स्टेम सेल जीवविज्ञान, न्यूरोसाइन्स, र धेरै न्यूरोलोजिकल र मानसिक विकारहरूलाई हेर्ने तरिका परिवर्तन गर्न सक्ने अपेक्षा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?