मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ब्रम्हाण्डमा सूर्यभन्दा ५ सय ट्रिलियन गुणा चम्किलो ब्ल्याक होल फेला

काठमाडौं- खगोलशास्त्रीहरुले ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु पत्ता लगाएका छन् । खासमा उक्त चम्किलो वस्तु ब्ल्याक होल रहेको जनाइएको छ । करिब १२ अर्ब वर्ष पुरानो र सूर्यभन्दा १७ गुणा ठूलो यो ब्ल्याक होललाई क्वासर जिओ ५२९–४३५१ नाम दिइएको छ ।

वैज्ञानिकहरुले यसलाई अहिलेसम्मकै सबैभन्दा ‘भोको ब्ल्याक होल’ को संज्ञा दिएका छन् । यसले दैनिक दिनमा एउटा सूर्य र एक वर्षमा ३७० सुर्य बराबर ग्यास निल्ने वैज्ञानिकहरुको दाबी छ । वैज्ञानिकहरूले यसलाई ब्रह्माण्डमा देखेको सबैभन्दा चम्किलो वस्तुको रूपमा वर्णन गरेका छन्, किनभने यसको द्रव्यमानले यसलाई ५०० ट्रिलियन गुणा उज्यालो बनाउँछ ।

अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका वैज्ञानिकहरूले युरोपेली दक्षिणी अब्जरभेटरी (ईसओ) मा जडान गरिएको भेरी लार्ज टेलिस्कोप (भीएलटी) मार्फत खोजी गरेका हुन् । क्वासार ब्ल्याक होल यति ठूलो भएकोले ब्रह्माण्डको अन्य कुनै पनि वस्तुभन्दा धेरै ऊर्जा उत्सर्जन गरिरहेको वैज्ञानिकहरूले दाबी गरेका छन् ।

यो विशाल ब्ल्याक होलले आफ्नो वरिपरि आउने सबै चीजहरू निलिरहेको छ र कसैले कल्पना गर्न नसक्ने दरमा बढिरहेको वैज्ञानिकहरुको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?