मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ट्याटु खोपाएर ‘ब्ल्याक एलियन’ बन्न खोज्नेलाई कसैले जागिर दिएन, जीवन काट्नै धौ धौ

काठमाडौं- विश्वमा मानिसहरुका धेरै सोखहरु हुने गरेका छन् । मानिसहरु अनौठा काम गरेर चर्चामा आउन चाहन्छ । तर, आफूलाई अनौठो बनाएर चर्चामा आउन खोज्ने एकजना फ्रान्सेलीलाई भने आफ्नो सोख नै समस्या बनेको छ ।

फ्रान्सका ३२ वर्षीय एन्थनी लोफ्रेडोलेले आफूलाई अनौठो बनाउन अनुहार र शरीरभरी ट्याटु खोपाएका छन् । शरीरभर ट्याटु खोपाएका उनले आफूलाई ‘ब्ल्याक एलियन’ को रूपमा परिणत गरेका छन् ।

आफ्नो पूरा शरीरभर ट्याटु बनाइसकेका उनले आँखाको नानीमा समेत ट्याटु बनाएका छन् ।

एन्थनीले आफ्नो नाक र माथिल्लो ओठ पनि काटेर हटाएका छन् भने माथिल्लो ओठ हटाएको र जिब्रो काटेपछि उनलाई बोल्न समेत समस्या भइरहेको छ ।

किर्तिमानी बन्ने एन्थनीलाई अहिले कुनै कम्पनीले पनि जागिर नदिएपछि भने उनी समस्यामा परेका छन् । उनलाई कसैले पनि जागिर नदिएपछि दैनिक गुजारा चलाउन नै धौ धौ परेको छ ।

‘मैले जागिर भेटिरहेको छैन, यहाँ धेरै नकारात्मक कुराहरुमात्र सुनिन्छन् । यो सकारात्मक पनि हुनसक्छ किनकी तपाईँ यसबाट राम्रो महसुस गर्नुहुन्छ तर यहाँ नकारात्मक पक्ष पनि छन् ।’ एन्थोनीलाई उद्धृत गर्दै लास्टली डट कमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?