मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घरमा लक्ष्मी र कुबेरको तस्वीर राख्नाले कस्तो फल मिल्छ ?

धेरैको घरको मन्दिरमा कुबेर र लक्ष्मीको मूर्ति या तस्बिर त हामीले देखेको नै छौँ । यो तस्वीर या मूर्ति राख्दा घरमा धन आर्जन हुने तथा सकारात्मक ऊर्जा प्रवाह गर्ने धार्मिक मान्यता रहेको छ ।

हामी जीवनभर कडा मेहनत र परिश्रम गर्छौँ तर कतिपय अवस्थामा त्यसको लाभ सही समयमा पाउन सक्दैनौँ । यस्तो अवस्थामा घरमा वा घरको मन्दिरमा लक्ष्मी र कुबेरको मूर्ति वा तस्वीर राख्दा लाभ हुने मान्यताका साथ मानिसहरू यस्ता कुराहरू आफ्नो घर मन्दिरमा राख्ने गर्छन् ।

वास्तुशास्त्र अनुसार हाम्रो घरमा भएका केही कुराहरूले सकारात्मक ऊर्जा प्रदान गर्ने कुरा उल्लेख छ । जसमा धनधान्य पाउनका लागि देवी लक्ष्मीका साथै भगवान् कुबेरको मूर्ति वा तस्वीर राख्नु अत्यन्तै शुभ मानिन्छ ।

भगवान् कुबेर उत्तर दिशाका स्वामी मानिन्छ, त्यसैले उनलाई सधैँ उत्तर दिशामा राख्नु पर्छ । स्थायी धन लाभका लागि घरमा देवी लक्ष्मी र भगवान् कुबेर दुवैको पूजा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?