काठमाडौं- भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको जोडीलाई पुत्रलाभ भएको छ । अनुष्काले फेब्रुअरी १५ मा छोरालाई जन्म दिएकी हुन् ।
उनीहरुले छोराको नाम अकाय राखेका छन् । यसअघि २०२१ मा अनुष्काले छोरी वामिकालाई जन्म दिएकी थिइन् ।
दोस्रो सन्तानबारे जानकारी दिँदै विराट-अनुष्काले भनेका छन् : हामीलाई तपाईंहरुको प्रार्थना चाहिन्छ । कृपया यस समयमा हाम्रो गोपनीयताको ख्याल राखिदिनुहोला ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया