मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौंमा प्रदर्शन

काठमाडौं – जनचेतना जनाउन मानव बेचबिखनमा आधारित डकुमेन्ट्री फिल्म ‘फ्रम द स्याडोज’ काठमाडौंमा प्रदर्शन गरिएको छ । इम्पल्स एनजीओ नेटवर्कले काठमाडौंमा मानव बेचबिखन बारे डकुमेन्ट्री फ्रम द स्याडोज’ वृत्तचित्र प्रदर्शन गरेको हो ।

मानव बेचबिखन तथा शोषण विरुद्ध जनचेतना जगाउने र कारबाही गर्न उत्प्रेरित गर्ने उद्देश्यले यसको प्रदर्शन गरिएको थियो । इम्पल्स एनजीओ नेटवर्कको कन्ट्री पार्टनर मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल, नेपाल इन्टरनेट फाउन्डेसन, सनवे कलेज, सेन्ट जेभियर कलेजको सहकार्यमा वृत्तचित्र प्रदर्शन गरिएको थियो ।

सो कार्यक्रममा सनवे कलेज र सेन्ट जेभियर्सका विद्यार्थी तथा शिक्षकहरू समेत सहभागी भएका थिए । कार्यक्रममा प्यानल सेसन समेत भएको थियो । सेसनमा वक्ताका रूपमा मरियम चण्डी मेनाचेरी, लिपाशा श्रेष्ठ, मीना शर्मा र ट्याटुम स्ट्रिट रहेका थिए ।

कार्यक्रममा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालकी मिना शर्माले नेपालमा मानव अधिकार बारे थप चेतना र कामको थालनी गर्नुपर्ने बताइन ।

यस्तै नेपाल नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले मानव बेचबिखन विरुद्धको अभियानमा योगदान पुर्‍याउने सबै सहयोगी तथा सहभागीहरुलाई धन्यवाद दिदै यसको सचेतना फैलाउन र सकारात्मक परिवर्तनका लागि काम गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?