मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘पठान २’ को छायांकन सन् २०२४ को अन्त्यबाट सुरु हुने

काठमाडौं – चर्चित बलिउड स्टार शाहरुख खानले वर्ष २०२३ मा वाईआरएफ स्पाई युनिभर्सको फिल्म ‘पठान’ मार्फत बक्स अफिसमा बलियो कमब्याक गरेका थिए। यस फिल्ममा सलमान खानले पनि केमियो गरेका थिए ।

‘पठान’ पछि सलमान खानको फिल्म ‘टाइगर ३’ रिलिज भएको थियो । यस फिल्ममा शाहरुख खान सानो भूमिकामा देखिएका थिए । तर अहिले यी दुवै स्टार YRF स्पाइ युनिभर्सको आगामी फिल्म ‘पठान भर्सेस टाइगर’ मा एकसाथ आउने खबर आएको छ । यी सबैको बीचमा अहिले ‘पठान २’ को बारेमा खबर बाहिर आएको छ । चलचित्रको सुटिङ मिति सार्वजनिक भएको छ ।

शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएदेखि नै उनका फ्यानहरु उनको अर्को फिल्मको प्रतिक्षामा छन् । यसैबीच शाहरुख खानको फिल्म ‘पठान २’ को बारेमा नयाँ अपडेट आएको छ । पिंकभिल्लाको रिपोर्टका अनुसार शाहरुख खानको फिल्म ‘पठान २’ को सुटिङको तयारी सुरु भएको छ ।

फिल्मको सुटिङ यसै वर्षको अन्त्य अर्थात् डिसेम्बर २०२४ बाट सुरु हुनेछ । यो फिल्म ‘पठान भर्सेस टाइगर’ को आधारशिला राखिनेछ । तर, ‘पठान २’ को सुटिङको बारेमा अहिलेसम्म कुनै आधिकारिक समाचार बाहिर आएको छैन । अब यो कुरा निर्माताले कहिले घोषणा गर्ने हुन् भन्ने कुरा हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?