मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चन्द्रमामा अवतरण नहुँदै ‘ओडिसियस’ ले पठायो पृथ्वीका अविश्वसनीय तस्बिर

काठमाडौँ– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५२ वर्षपछि प्रक्षेपण गरेको मुन ल्याण्डर ‘ओडिसियस’ ले बाटोबाटै पृथ्वीका केही अविश्वसनीय तस्बिरहरू खिचेको छ ।

इन्ट्युटिभ मेसिन्स (आइएम) नामक कम्पनीले समाजिक सञ्जाल एक्समार्फत आईएम–१ मिसनको तस्बिरहरूको पहिलो ब्याच सार्वजनिक गरेको छ ।

उक्त तस्बिरहरूमा पृथ्वीको दृश्य र ओडिसियसको केही सेल्फीहरूका साथै, स्पेसएक्स फाल्कन ९ दोस्रो चरण अलग भएपछि टाढा खसेको पनि देख्न सकिने अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ओडिसियस फेब्रुअरी २२ तारिखमा आफ्नो चन्द्रमा अवतरण प्रयास गर्ने बताइएको छ ।

यो संसारको पहिलो निजी कम्पनीको मुन ल्याण्डर हो । ओडिसियस ल्यान्डरले चन्द्रमाको सतहमा अवतरण गरेपछि ७ दिनसम्म काम गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?