काठमाडौं- क्यानडा एघारविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ‘ए’ ले २ सय ४१ रनको लक्ष्य पाएको छ ।
मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि क्यानडाले पहिले ब्याटिङ गरेको थियो ।
क्यानडाले खेल सकिन १ बल बाँकी छँदै २४० रनमा अलआउट भयो । क्यानडाका श्रेयस मोभ्भाले सर्वाधिक ६८ रन बनाए । नवनित धलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।
नेपालका साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया