मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेलेना गोमेजका ‘बोल्ड’ फोटो भाइरल, ‘बाथटव’ मा देखिइन् ‘टपलेस’

काठमाडाैँ – हलिउडकी चर्चित पप गायिका सेलेना गोमेज विभिन्न कारणले चर्चामा आइरहने पात्र हुन् ।

सम्बन्धका कुराले हुन कि बोल्ड फोटोका कारण उनी खबरको हेडलाइनमा स्थान बनाइरहन्छिन् । यसैबीच अहिले उनको टपलेस फोटो चर्चामा छ ।

सामाजिक सञ्जालमा सक्रिय रहने उनी अहिले पेरिसमा छुट्टी मनाइरहेकी छिन् । यही क्रममा उनले पेरिसबाटै आफ्नो सामाजिक सञ्जालमा केही बोल्ड फोटो पोस्ट गरेकी हुन् ।

पहिलो फोटोमा ईफेल टावर अघि उभिएर आकर्षक पोज दिएकी उनले वाथटबमा टपलेस फोटो खिचाएकी छिन् । त्यस्तै एउटा फोटोमा रातो पृष्ठभूमिमा बोल्ड पोज दिदै गरेको देखिएकी गोमेजले ‘४० घण्टा । पेरिस,लभ अन २–२२।’ क्याप्सन राखेकी छिन् ।

गोमेज अफेयरका कारण पनि चर्चामा रहने पात्र हुन् । अहिले उनी बेनी ब्लान्कोसँगलाई डेट गरिरहेकी छिन् ।

लामो समय यो सम्बन्धलाई गुपचुप राखेपछि गत वर्ष उनले बेनीसँगको अफेयर सार्वजनिक गरेकी थिइन् ।

भ्यालेन्टाइनको अवसरमा गोमेजले शेयर गरेको बेनीसँगको रोमान्टिक फोटोमा दुबै जना किस गरेको देखिन्थ्यो । यद्यपि उनले यो बेला बेनी आफ्नो घनिष्ठ साथी मात्रै भएको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?