काठमाडाैँ – काेराेना भाइरस सङ्क्रमणबाट पीडित भएका महिलाहरूमा यौन चाहना कम हुने गरेको एक अध्ययनले देखाएको छ ।
जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित एक लेखका अनुसार २ भन्दा बढी महिलाहरूमा गरिएको अध्ययनले यस्तो देखाएको हो । लामो समयसम्म रहने कोरोनाको प्रभावले यसको मुख्य कारण रहेको बताइएको छ ।
अमेरिकास्थित बोस्टन विश्वविद्यालयका सहायक प्रोफेसर अमेलिया एम.स्टेटनका अनुसार कोरोनाका कारण यौन इच्छा कम हुन सक्छ । उनका अनुसारले कोरोनाका कारण मानसिक स्वास्थ्यमा समेत प्रभाव परिरहेको छ ।
सोधकर्ताहरूले कोरोनाको प्रभाव पत्ता लगाउन अनलाइन सर्वेक्षण गरेका थिए । जसमा भाग लिने लगभग आधा सङ्ख्याका महिलाहरूले आफूलाई कोरोना पुष्टि भएको बताएका थिए ।
जसमध्ये कोरोना सङ्क्रमण देखिएकामा सङ्क्रमण पुष्टि नभएकाहरूको भन्दा इच्छा,उत्तेजना,स्नेह र सन्तुष्टि कम पाइएको थियो ।
स्टेननको टिमको अध्ययनको निष्कर्ष यो छ कि कोरोना सङ्क्रमणले यौनसम्बन्धी विचार र त्यससँग जोडिएको शारीरिक संरचनालाई प्रभाव पार्ने गर्दछ । जसको परिणाम कोरोना सङ्क्रमित भइसकेका मानिसहरूको यौन जीवनमा परिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया