मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अस्ट्रेलियाली युट्युबर ज्याक टाेरले गरे नेपाली प्रेमिकासँग इन्गेजमेन्ट

काठमाडौँ – अस्ट्रेलियाका  युट्युबर ज्याक टोर आफ्नी नेपाली प्रेमिका सोफिया मानन्धरलाई भेट्न नेपाल आएका छन् ।

चार दिनको यात्रा गर्दै नेपाल आइपुगेका उनले इन्गेजमेन्ट समेत गरेका हुन् । युट्युबमा पोस्ट गरिएको भिडियोमा उनले प्रेमिकालाई औँठी लगाइदिएका छन् ।

अब उनले यसै क्रममा खिचिएको आफ्नो भिडियोबाट हुने सबै आम्दानी नेपालका जनतालाई सहयोग गर्न दान गरिने समेत बताएका छन् ।

यसअघि पनि पटक पटक नेपाल आएका उनले युट्युब मार्फत नेपालको पर्यटन, कला, संस्कृतिलाई प्रवर्द्धन गर्दै आएका छन् ।

यात्रा गर्नकै लागि  ४० लाख रुपैयाँको जागिर त्यागेको बताउने उनी  हाल युट्युबबाट मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?