काठमाडौँ – अस्ट्रेलियाका युट्युबर ज्याक टोर आफ्नी नेपाली प्रेमिका सोफिया मानन्धरलाई भेट्न नेपाल आएका छन् ।
चार दिनको यात्रा गर्दै नेपाल आइपुगेका उनले इन्गेजमेन्ट समेत गरेका हुन् । युट्युबमा पोस्ट गरिएको भिडियोमा उनले प्रेमिकालाई औँठी लगाइदिएका छन् ।
अब उनले यसै क्रममा खिचिएको आफ्नो भिडियोबाट हुने सबै आम्दानी नेपालका जनतालाई सहयोग गर्न दान गरिने समेत बताएका छन् ।
यसअघि पनि पटक पटक नेपाल आएका उनले युट्युब मार्फत नेपालको पर्यटन, कला, संस्कृतिलाई प्रवर्द्धन गर्दै आएका छन् ।
यात्रा गर्नकै लागि ४० लाख रुपैयाँको जागिर त्यागेको बताउने उनी हाल युट्युबबाट मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया