काठमाडौँ – विभिन्न कारणले भारतमा रहँदा सीमकार्ड निकाल्न नपाउने समस्याबाट नेपाली नागरिक मुक्त हुने भएका छन् ।
अब नेपाली नागरिकहरूले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने भएका हुन् ।
भारतका लागि नेपाली राजदूत डा.शंकर शर्माले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यसबारे जानकारी गराएका छन् । उनले लेखेका छन् – ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ । ’
यसअघि भारतमै लामो समय बसेर काम वा व्यवसाय गरिरहेका र आधार कार्ड बनाएका नेपालीले बाहेक अन्यले भारतीय सीमकार्ड पाउँदैन थिए । विकल्पमा भारतीय नागरिककै सीम कार्ड प्रयोग गर्नुपर्ने जोखिमपूर्ण बाध्यतामा भारत पुग्ने नेपालीहरू थिए ।
भारतमा चिनजान केही नहुने भ्रमणकर्ता वा काममा जाने नेपालीहरूले त्यहाँ सीमकार्ड लिन नपाउँदा ठूलो सास्ती बेहोर्नु परिहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया