मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बुलेट प्रुफ’ कारमा हिँड्नेछन् अभिनेता सलमानका ज्वाइँ,बढाइयो सुरक्षा

काठमाडौँ – बलिउड अभिनेता सलमान खानका बहिनी ज्वाइँ आयुष शर्मामाथि मुम्बई प्रहरीले सुरक्षा बढाएको छ । आफ्नो आगामी फिल्म ‘रुसलान’मा व्यस्त रहेका शर्मालाई विशेष सुरक्षा दिइएको छ ।

प्रहरीले शर्मालाई सार्वजनिक कार्यक्रममा निस्कँदी सलमानको ‘बुलेट प्रुफ’ गाडीमा निस्कन सचेत गराएको छ । यस्ता कार्यक्रममा उनको अघि–पछि अब प्रहरी रहने बताइएको छ । 

हुन त सलमानलाई पनि पटक–पटक ज्यान मार्ने धम्की आएपछि मुम्बई प्रहरीले ‘वाई प्लस’ सुरक्षा दिँदै आएको छ । अहिले सुरक्षा चुनौती बढेको भन्दै उनको परिवारको सुरक्षामा पनि प्रहरीले थप कडाइ गरेको हो । 

ग्याङस्टार लरेन्स बिश्नोइबाट ज्यान मार्ने धम्की आएका कारण प्रहरीले खान परिवारको सुरक्षा बढाएको हो । 

सन् २०२२ को नोभेम्बरमा बिश्नोइबाट सलमानको ज्यान मार्ने धम्की आएको थियो । सोही कारण सुरक्षाका लागि उनलाई हतियार राख्न अनुमतिसमेत दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?