मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राति सुत्दा मुखबाट र्‍याल किन आउँछ ?

काठमाडौँ – र्‍याल भोजनको पाचन प्रणालीको लागी महत्त्वपूर्ण मानिन्छ ।  र्‍यालमा पाइने एमाइलेज नामक पाचक तत्वले भोजनमा उपस्थित स्टार्चलाई सर्करामा बदलिदिन्छ ।

हुन पनि हेर्दै रसिलो, झरिलो, स्वादिलो खानेकुरा देख्नै हुन्न, हाम्रो मुखमा पानी आइहाल्छ । तर कतिपय मानिसहरूको चाहे त्यो सुत्दा होस् वा कुनै खानेकुरा देख्दा होस् मुखबाट अनायासै र्‍याल आउने गर्छ । 

यस्तो विशेष गरी सुतेको समयमा हुन्छ, जसलाई चिकित्सकीय भाषामा ‘ड्रोलिङ्ग’ पनि भनिन्छ । यो समस्या कुनै पनि उमेर समूहमा देखा पर्न सक्छ । र, यसकै कारण धेरैलाई समस्या पर्नसक्छ ।

यो आफैमा स्वास्थ्य सम्बन्धी समस्या हो, जसले जुनसुकै बेला समस्या निम्त्याउन सक्छ । यो स्थितिलाई मेडिकल भाषामा हाइपर सालिवेशन भन्ने गरिन्छ ।

धेरै जसो अवस्थामा यो समस्या अस्थायी हुने गर्छ । तर कतिपय अवस्थामा यो न्युरोलोजिकल डिसअर्डर हुनसक्दछ । जसका कारण मुखबाट निस्केको र्‍याल रोक्नमा व्यक्ति असमर्थ हुन्छ ।

यो समस्याले गम्भीर रोगको सङ्केत समेत गर्ने हुँदा यदि कुनै व्यक्तिमा र्‍याल चुहिने समस्या भएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ । यस्तो किन हुन्छ ?

नाक बन्द भएमा

चिसोका कारण नाक बन्द भएमा पनि मुखबाट र्‍याल निस्कन सक्छ । विशेष गरी नाक बन्द भएमा नाकले सही तरीकाले सास लिन सक्दैन र मुखबाट सास लिनु परेको कारण सुत्दा खेर मुखबाट धेरै र्‍याल निस्कने गर्छ ।

सुत्ने पोजिसन नमिलेमा

सुत्ने पोजिसन नमिलेमा गलत तरीकाले सुतेमा पनि मुखबाट र्‍याल निस्कन सक्छ । विशेष गरी, घोप्टो परेर सुतेमा वा लामो समय एउटै पोजिसनमा सुतेमा पनि मुखबाट र्‍याल निस्कन सक्छ ।

स्लीप एप्निया

जब शरीरले रातको समयमा सही तरीकाले सास लिनमा असमर्थता जनाउँछ वा सुत्ने समयमा मानिस बढी तनावमा हुन्छ, त्यतिबेला उसले मुखबाट र्‍याल निकाल्ने गर्छ ।

कसरी जोगिने ?

-चिसोका कारण नाक बन्द भएमा वाफ लिएमा यसले नाकबाट सास लिन सहायता प्रदान गर्छ ।

-सुत्नु भन्दा पहिले एक गिलास पानी पिउने र केही टुक्रा कागती मुखमा राख्नाले पनि मुखबाट र्‍याल निस्कने समस्या कम हुनसक्छ ।

-पिठ्युतिर फर्केर सुतेमा पनि र्‍याल आउन बन्द हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?