मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजका अत्यावश्यक यी कुराहरू, जसको थिएन २० वर्ष पहिले पृथ्वीमा अस्तित्व 

काठमाडौँ– विज्ञान र प्रविधिको क्षेत्रमा भएको निरन्तर खोज र अनुसन्धानले आज पृथ्वीमा नयाँनयाँँ आविष्कारहरू भएका छन् । केही दशकयता यस क्षेत्रमा भएका विकास, विस्तारले मानव जीवन सहज र सरल बनेको छ ।

तर केही दशक पहिले, अहिले हामीले प्रयोग गरिरहेका सबै कुरा उपलब्ध थिए होलान् त । आज हामी तपाई २० वर्ष पहिले अस्तित्वमा नरहेका केही यस्ता कुराको बारेमा जानकारी दिनेछौ ।

जुन कुराहरू अहिले मानिसका लागि अत्यावश्यक जस्तै बनेका छन् । 

युट्युब–  युट्युब गुगलको स्वामित्वमा रहेको एक अमेरिकी अनलाइन भिडियो साझेदार सामाजिक सञ्जाल हो । यो ७ फेब्रुअरी २००५ मा स्टिभ चेन, चाड हर्ली, र जावेद करिमले विश्वव्यापी रूपमा पहुँच पुग्ने गरी सञ्चालनमा ल्याएका थिए । युट्युबको मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ । यो गुगल खोजपछि संसारमा सबैभन्दा धेरै भ्रमण गरिने वेबसाइट हो । 

गुगल म्याप–  गुगल म्याप एक वेब म्यापिङ प्लेटफर्म हो । जुन गुगलको स्वामित्वमा रहेको छ । यसले स्याटेलाइट फोटोग्राफी, सडक नक्सा, वास्तविक समयको ट्राफिक अवस्था र पैदललगायत यातायातका सबै साधनहरूको लागि म्याप देखाउने गर्दछ । । यो करिब १९ वर्ष अघि ८ फेब्रुअरी, २००५ देखि सुरु गरिएको थियो । 

जीमेल– जीमेल गुगलको स्वामित्वमा रहेको इमेल सेवा हो । यो सन् २००४ देखि सुरु भएको हो । 

फेसबुक– फेसबुक अमेरिकी बहुराष्ट्रिय प्रविधि समूह मेटाको स्वामित्वमा रहेको  एक लोकप्रिय सामाजिक सञ्जाल हो । मेटा अन्य ठूला कम्पनीहरू गुगल, अमेजन, एप्पलका साथसाथै सबैभन्दा ठूलो अमेरिकी सूचना प्रविधि कम्पनीहरूमध्येमा पर्छ । फेसबुकको सुरुवात सन् २००४ जनवरी ४ मा करिब २० वर्षअघि सुरु गरिएको थियो ।

म्यासेन्जर– यो पनि मेटाद्वारा विकसित अमेरिकी स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिङ एप हो । सन् २००८ मा फेसबुक च्याटको रूपमा विकसित भएको कम्पनीले २०११ मा म्यासेन्जर एप जारी गरेको थियो । मेसेन्जरको प्रयोग गरी सन्देशहरू पठाउन र फोटोहरू, भिडियोहरू, स्टिकरहरू, अडियो र फाइलहरू आदानप्रदान गर्न तथा भ्वाइस र भिडियो कल पनि गर्न सकिन्छ । 

ह्वाट्सएप– ह्वाट्सएप मेटाको स्वामित्वमा रहेको एक सामाजिक सञ्जाल हो ।  यसले प्रयोगकर्ताहरूलाई पाठ, भ्वाइस तथा भिडियो सन्देशहरू पठाउन सक्छ । यसलाई फेसबुकले सन् २०१४ फेब्रुअरीमा अधिग्रहण गरेको थियो ।

इन्स्टाग्राम– इन्स्टाग्राम मेटा प्लेटफर्मको स्वामित्वमा रहेको अमेरिकी तस्बिर र भिडियो साझेदार गर्ने सामाजिक सञ्जाल हो । केभिन सिस्ट्रोम र माइक क्रिगरले सन् २०१० अक्टोबर ५ मा आईओएसको लागि सुरु गरिएको थियो । अप्रिल २०१२ मा यसलाई फेसबुक इंकद्वारा अधिग्रहण गरिएको थियो ।  

टिकटक– सन् २०१६ सेप्टेम्बर टिकटकको उत्पत्ति भएको हो ।  यो बाइटडान्सको स्वामित्वमा रहेको छोटो भिडियो होस्टिङ सामाजिक सञ्जाल एप हो । टिकटकलाई क्लाउडफ्लेयरले गुगललाई पछि पार्दै सन् २०२१ को सबैभन्दा लोकप्रिय वेबसाइटको रूपमा स्थान दिएको थियो । कतिपय देशहरूले राष्ट्रिय सुरक्षा सरोकारका कारण टिकटकको प्रयोगलाई प्रतिबन्ध समेत लगाएका छन् ।

नेटफ्लिक्स– नेटफ्लिक्सले चलचित्रहरू र टेलिभिजन शोहरू वितरण गर्दछ । नेटफ्लिक्सको सुरुवात १६ जनवरी २००७ मा सुरु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?