मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सर्वोच्च अदालत स्थापना अघिको प्रधान न्यायालयका फैसला अब वेबसाइटमा

काठमाडौँ –  सर्वोच्च अदालतको ‘वेबसाइट’मा प्रधान न्यायालय (२००८–२०१३) को फैसला हेर्न सकिने भएको छ ।

सर्वोच्च अदालत स्थापनाअघि अस्तित्वमा रहेको प्रधान न्यायालयले गरेका फैसलाहरूको डिजिटल अभिलेखीकरण भएको हो । आम मान्छेले बुझ्ने भाषामा ती फैसलाहरू सर्वोच्च अदालतले  आफ्नो वेबसाइटमा राखेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपाल कानुन पत्रिका प्रकाशनको दिवस पारेर सोमबार ती फैसलाहरूको अभिलेखीकरण सार्वजनिक गरेका हुन् । 

सर्वोच्च अदालत सम्पादन तथा प्रकाशन समितिका अध्यक्ष न्यायाधीश हरिप्रसाद फुयालले  प्रधान न्यायालयको फैसला उतारको काम सकिएको जानकारी दिँदै वेबसाइटमा ‘अपलोड’को काम भइरहेको बताएका छन् ।

उनका अनुसार २००९ देखि २०१४ सालभित्र प्रधान न्यायालयबाट भएका फैसला अपलोडको काम भइरहेका छन् भने छिट्टै सबै फैसला वेबसाइटमा राखिने छन् ।

प्रधान न्यायालय ऐन आएपछि भएको पहिलो फैसलाका रूपमा हाल उपलब्ध भएकामध्ये ‘बाटो खुलाइ पाऊँ’ भन्ने पहिलो फैसला रहेको र उक्त फैसला २००९ साउन २७ गते भएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?