मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मौसम पूर्वानुमान

आजको मौसम : यी स्थानमा हुनेछ वर्षा र हिमपात

काठमाडौँ – अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा छ भने तराइका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ । देशमा अहिले पश्चिमी वायुको प्रभाव रहेको छ ।

महाशाखाका अनुसार आज दिउसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?