मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

शैतानबाट ज्योतिकाले अजयको पत्नीको भूमिका निर्वाह गर्ने

काठमाडौं – अजय देवगन यो बर्ष लाई ब्लकबस्टर बनाउन सक्दो प्रयास गरिरहेका छन्। उनका एक होइन, यो वर्ष ५ वटा फिल्म रिलिज हुन लागेका छन्, जसमध्ये ‘शैतान’ पनि एक हो ।

यस फिल्ममा अजयको टक्कर अभिनेता आर माधवनसँग हुनेछ । यस फिल्ममा साउथकी चर्चित अभिनेत्री ज्योतिका पनि मुख्य भूमिकामा देखिनेछिन् । अब ‘शैतान’बाट ज्योतिकाको पहिलो झलक सार्वजनिक भएको छ । फिल्ममा ज्योतिकाले अजयकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् ।

‘शैतान’ मार्च ८ मा हलमा रिलिज हुँदैछ । अजय, ज्योतिका र माधवनको त्रिकोणात्मक कथा हेर्न दर्शक आतुर छन् ।
जियो स्टुडियोले आफ्नो अफिसियलमा ‘शैतान’ बाट ज्योतिकाको पहिलो पोस्टर साझा गर्दै फिल्मको निर्देशनको जिम्मा विकास बहलले लिएका छन् । उनले यसको कथा पनि लेखेका छन् ।

विकास बहनले निर्देशन गरेको फिल्म शैतानमा आर माधवन र अजय देवगनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् भने उनीसँगै ज्योतिका पनि देखिएका छन् । असल र नराम्रो बिचको लडाईं देख्न लागिएको यो चलचित्र अनौठो कथा हो जुन यसै वर्षको मार्च ८, २०२४ मा रिलिज हुनेछ ।

यो फिल्म ‘शैतान’ बाहेक अजय देवगन यसै वर्ष रोहित शेट्टीले निर्माण गरेको बहुप्रतिक्षित फिल्म ‘सिंघम अगेन’मा देखिने भएका छन्, जसमा उनीसँगै दीपिका पादुकोण, रणवीर सिंह, टाइगर श्राफ, अजय अक्षय कुमार जस्ता सेलिब्रेटीहरू छन् । यो मल्टिस्टार फिल्म हो ।अजयसँग फिल्म ‘रेड २’ पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?