मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री रश्मिका मृत्युको मुखबाट बचेर आइन्

काठमाडौँ– दक्षिण भारतीय फिल्म उद्योगकी लोकप्रिय अभिनेत्री रश्मिका मन्दनाको बलिउड डेब्यु निकै शानदार रह्यो । उनले अभिनय गरेको फिल्म ‘एनिमल’ ले राम्रो कमाइ गर्‍यो ।

यो फिल्मबाट उनले निकै लोकप्रियता पनि कमाइन् । फिल्ममा उनले अभिनेता रणवीर कपूरसँग स्क्रिन शेयर गरेकी छिन् ।

उनै अभिनेत्री रश्मिका हालै एक खतरनाक दुर्घटनाबाट जोगिएकी छिन् ।

रश्मिका मण्दना चढेको जहाज आकस्मिक अवतरण गराइएको थियो । उनले सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै यसबारेमा जानकारी दिएकी हुन् ।

उनी सवार विमानको आकस्मिक अवतरण गराउनुपरेको थियो । यो घटनापछि रश्मिका र विमानमा सहभागी सबै यात्रु निकै डराएका थिए । रश्मिकाले यो घटनापछि आफू मृत्युको मुखबाट बचेर आएको बताएकी छिन् ।

सामाजिक सञ्जालमा रश्मिकाले यसबारेमा जानकारी दिएपछि यो खबर भाइरल बनेको थियो । फ्यानहरूले रश्मिकाप्रति चिन्ता व्यक्त गरेका छन् ।

रश्मिका अर्की अभिनेत्री श्रद्धा दाससँग यात्रा गरिरहेकी थिइन् ।

आफ्नो इन्स्टाग्राम स्टोरीमा रश्मिकाले श्रद्धासँगको सेल्फी शेयर गर्दै लेखेकी छिन्, ‘मात्र तपाईंको जानकारीको लागि, यसरी हामी मृत्युबाट बच्यौं !!!’ ।

उक्त विमान मुम्बईबाट हैदरावाद जाँदै गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । मिडिया रिपोर्टका अनुसार विमानमा प्राविधिक गडबडी देखिएको थियो ।

उक्त विमान उडेको ३० मिनेटमै मुम्बई फर्किएको थियो । यो घटनामा कसैलाई पनि केही नभएको बतायएको छ । रश्मिकाले सार्वजनिक गरेको तस्वीरमा पनि उनी खुशी देखिन्छिन् ।

फिल्मको कुरा गर्ने हो भने रश्मिका छिट्टै नै नेहा धुपियाको च्याट शो ‘नो फिल्टर नेहा’ मा देखिँदै छिन् । नेपालमा पनि उनका लाखौँ फ्यान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?