मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘डिग्री माइला’को टिजर सार्वजनिक

काठमाडौं – रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को टिजर सार्वजनिक भएको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सले सोमबार युट्युबबाट फिल्मको टिजर भिडियो सार्वजनिक गरेको हो ।

साढे तीन मिनेट लामो टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पारेको छ । गाउँको बेरोजगार डिग्रीधारीलाई शिक्षकको जागिरमा लिन हेडमास्टरले कनिकुथी अंग्रेजीमा लिएको प्रसंगदेखि आफैंलाई अहम् ठान्ने डिग्री माइलाको चरित्रको किस्सा फिल्ममा छ।

आगामी वैशाख १ गते रिलिज तयारीमा रहेको यो फिल्ममा आँचल शर्मासँग दयाहाङ राईको रोमान्टिक दृश्य पनि यसमा समेटिएको छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गरेका छन् । यसअघि सोही नाममा दयाहाङ निर्देशित नाटक समेत मञ्चन भइसकेको छ ।

फिल्म निर्माणमा बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनले सहकार्य गरेका छन् । ओखलढुंगा र काठमाडौंमा छायांकन भएको फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे समेत अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?