मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिस नेपाल प्रियंकारानी मिस वर्ल्डमा सहभागी हुन दिल्लीमा

काठमाडौं – मिस नेपाल वर्ल्ड २०२२ की प्रियंकारानी जोशी ७१ औं मिस वर्ल्डमा सहभागी हुन आइतबार दिल्लीतर्फ प्रस्थान गरेकी छिन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा द हिडन ट्रेजरका पदाधिकारीले राष्ट्रिय झण्डा प्रदान गर्दै बिदाई गरेका हुन् ।

यस वर्षको मिस वर्ल्ड फेब्रुअरी १८ देखि मार्च ९ सम्म भारतमा आयोजना हुँदैछ । उद्घाटन समारोह दिल्ली र फिनाले समारोह मुम्बईमा आयोजना हुने जनाइएको छ । विभिन्न मुलुकका प्रतिस्पर्धी सुन्दरी दिल्ली पुगिसकेका छन् । आइतबार समारोहस्थल पुग्नुपर्ने अन्तिम मिति थियो । प्रियंकालाई काठमाडौं विमानस्थलमा हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकार लगायतले बिदाई गरेका हुन् ।

यसअघि दुईपटक घोषित मितिमा हुन नसकेको मिस वर्ल्डको पछिल्लो संस्करण अन्ततः भारतमा हुन लागेको हो । दिल्लीतर्फ प्रस्थान गर्दै प्रियंकाले आफू नेपालीको माया र उत्साह बोकेर भारत जान लागेको बताइन् ।

मिस वर्ल्ड प्रतिस्पर्धा एक महिनासम्म भारतमा चल्नेछ । फिनालेअघि विभिन्न सहविधाको प्रतिस्पर्धा हुनेछ । यसपटक नेपालको प्रतिनिधित्व गर्न लागेकी प्रियंकाले ब्युटी विथ पर्पस विधामा चितवनको दुर्गम इच्छाकामना गाउँपालिकास्थित अपरदाङगढीमा विद्युत प्रसारणको पहुँचदेखि उद्यमशीलताको प्रोजेक्ट प्रस्तुत गर्दैछिन् । फिनाले चाहिं मार्च ९ मा मुम्बईको जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?