मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाह्य मुलुकबाट हुने दुग्धजन्य पदार्थ पैठारीमा रोक

काठमाडौं – सरकारले बाह्य मुलुकबाट दुध तथा दुग्धजन्य पदार्थ आयात गर्न अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २ गतेको निर्णयअनुसार दुग्धजन्य पदार्थ पैठारीमा रोक लगाएको हो ।

दुध तथा दुग्धजन्य पदार्थको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत ‘उद्योगको समेत’ सोही रूपमा हुन नसकेको तथा वाह्य मुलुकमा सम्भाव्य वस्तुको निर्यात हुन नसकेको र निरन्तर आयातको कारणले आन्तरिक दुध तथा दुग्ध जन्य पदार्थको मौज्दात भएकाले अर्को निर्णय नभएसम्मका लागि आयात स्थगित गरिएको मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चिल्लो हटाइएको दूध ‘स्कीम्ड मिल्क’ को पैठारीमा पूर्ण रोक लगाइएको छ । यस्तै चिनी वा अन्य गुलियो पदार्थ नहालिएको ‘डब्लुएमपी’ को पैठारीमा पनि पूर्णरुपमा रोक लगाइएको छ ।

यस्तै अन्यमा डेरी ह्वाइटेनर, स्किम्ड मिल्क पाउडर र होल मिल्क पाउडरमा रोक लगाइएको छ भने ह्रे र परिवर्तित ह्रे जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको, गुलियो पारेको वा नपारेकोमा पनि पैठारीमा पूर्ण रोक लगाइएको छ ।

यस्तै नौनी ‘बटर’, घ्यू, छुर्पी, प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज र भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारको चिज आयातामा पनि पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?