मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मिलापत्र गरेर छुटे डीएसपी हुँ भन्दै धम्क्याउने पुरुष

काठमाडौँ – प्रहरीको डीएसपी हुँ भन्दै मधेसी युवामाथि दुर्व्यवहार गर्ने प्रविन श्रेष्ठ मिलापत्र गरेर छुटेका छन् । 

कार चलाइरहेका मधेसी युवालाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि उनी पक्राउ परेका थिए ।

धनगढी घर भई काठमाडाैँ महानगरपालिका–४ चुनदेवी बस्ने ५२ वर्षीय श्रेष्ठलाई प्रहरीले विपक्षी चालकसँग झिकाएर छलफल गराएको थियो ।  छलफल पछि उनीहरु मिलापत्र गरेर गएकाे प्रहरीले जनाएकाे छ ।

श्रेष्ठ प्रहरी नभएको प्रहरीले जनाएको छ भने उनलाई नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?