मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डीएसपी हुँ भन्दै मधेसीलाई दुर्व्यवहार गर्ने श्रेष्ठ पक्राउ

काठमाडौँ – प्रहरीको डीएसपी हुँ भन्दै मधेसी युवामाथि दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ परेका छन् । उनी काठमाडौँ महानगरपालिका–४ चुनदेवीका ५२ वर्षीय प्रविन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

श्रेष्ठले कार चलाइरहेका मधेसी युवालाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो केहिदिन अघि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

पीडित वीरगन्ज  घर भई कुलेश्वर बस्ने अङ्कित गुप्ताले दिएको जाहेरीको आधारमा प्रवीण श्रेष्ठ पक्राउ परेको काठमाडौँ प्रहरीले जनाएको हो।

श्रेष्ठ प्रहरी नभएको प्रहरीले जनाएको छ भने उनमाथि नैतिकताविरुद्धको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?