मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो हुनेछ आइफोन १६ को क्यामेरा

काठमाडौँ– अमेरिकी कम्पनी एप्पलले पछिल्लोे स्मार्टफोन सिरिज ‘आइफोन १६’ को क्यामेरा डिजाइनमा परिवर्तन गर्ने भएको छ । हालै सार्वजनिक जानकारी अनुसार एप्पलले आइफोनको १६ को क्यामेरा डिजाइन परिवर्तन गर्न लागेको हो ।

यसअघि अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएअनुसार आइफोन ११ पछि एउटै डिजाइनको क्यामेरा राख्दै आएको भन्दै एप्पलको आलोचना हुने गरेको थियो । एप्पलसम्बन्धी समाचार प्रकाशित गर्ने प्लेटफर्म म्याकर्‍युमर्सले आइफोन १६ को क्यामेरा डिजाइन भर्टिकल अर्थात् ठाडो हुने जनाएको छ ।

आइफोन १६ मा जडान हुन लागेको क्यामेराका तस्बिरहरु पनि बाहिरिएका छन् । सामाजिक सञ्जाल एक्समा सार्वजनिक भएका आइफोन १६ एसई, आइफोन १६ प्लस एसई, आइफोन १६, आइफोन १६, प्रो, आइफोन १६ प्रो म्याक्सका तस्बिरहरुमा ठाडो डिजाइनमा क्यामेरा राखिएको देख्न सकिन्छ ।

विशेषगरी एप्पल भिजन प्रोका लागि आवश्यक पर्ने स्पेसल भिडिओ रेकर्ड गर्नका लागि उक्त क्यामेरा डिजाइन उपयुक्त हुने बताइएको छ ।

क्यामेरा मात्र नभई एक्सन बटनलाई एप्पलले क्यामेरा कन्ट्रोल गर्न समावेश गर्न सक्ने बताइएको छ । यसले गर्दा प्रयोगकर्ताले सहजै फोटो खिच्न, क्यामेरा खोल्न र अन्य किसिमले क्यामेरा कन्ट्रोल गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?