मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

३५ लाख प्रतिमहिनाको कमाई छोडेर फिल्ममा आएका थिए विक्रान्त मेसी

काठमाडाैँ– ‘ट्वेल्थ फेल’ स्टारर विक्रान्त मेसी यतिवेला चर्चाको शिखरमा छन् । आफ्नो फिल्म सफलताको मज्जा लिइरहेका उनका लागि यो फिल्म करियरको कोशे ढुङ्गा नै साबित भएको हो ।

तर तपाईँलाई थाहा नहुन सक्छ फिल्मी दुनियाँमा आउनका लागि उनले कति ठूलो चुनौती लिएका थिए । 

सानो पर्दा अर्थात् टेलिभिजनमै रमाइरहेका उनले जब फिल्ममा आउने निर्णय गरे त्यति वेला उनको कमाई प्रतिमहिना ३५ लाख रुपैयाँ थियो । तर  फिल्मका आउनका लागि उनले यत्तिको आकर्षक कमाइ भएको टेलिभिजन छोडिदिए ।

हुन त मेसी सानैबाट प्रतिभावान् थिए । परिवारको जिम्मेवारीप्रति प्रस्ट  उनले २५ वर्षको उमेरमै आफ्नो कमाइले घर किनेका थिए । 

यद्यपि मेसीले भने टेलिभिजन छोड्नु रिस्क नभई समयको माग भएको उत्तर दिएका छन् । उनका अनुसार टेलिभिजनमा उनको ‘कन्टेन्ट’ आक्रामक थियो ।

जसबाट उनी वाक्क भइसकेका थिए । साथै यहिबीच उनी केही नयाँ गर्नुपर्ने सोचमा समेत थिए । यसले उनलाई फिल्मतर्फ आकर्षित गर्‍यो भने उनले टेलिभिजन छोड्ने निर्णय लिए ।

उनको विचारमा केवल पैसाले नै सधैँ सन्तुष्टि दिन सक्दैन । यो सबै कुरा आफ्ना बाबुआमाको ऋण तिर्दा र इच्छा पुरा गर्न सक्दा नै महसुस गरेको मेसीले बताएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?