काठमाडाैँ– ‘ट्वेल्थ फेल’ स्टारर विक्रान्त मेसी यतिवेला चर्चाको शिखरमा छन् । आफ्नो फिल्म सफलताको मज्जा लिइरहेका उनका लागि यो फिल्म करियरको कोशे ढुङ्गा नै साबित भएको हो ।
तर तपाईँलाई थाहा नहुन सक्छ फिल्मी दुनियाँमा आउनका लागि उनले कति ठूलो चुनौती लिएका थिए ।
सानो पर्दा अर्थात् टेलिभिजनमै रमाइरहेका उनले जब फिल्ममा आउने निर्णय गरे त्यति वेला उनको कमाई प्रतिमहिना ३५ लाख रुपैयाँ थियो । तर फिल्मका आउनका लागि उनले यत्तिको आकर्षक कमाइ भएको टेलिभिजन छोडिदिए ।
हुन त मेसी सानैबाट प्रतिभावान् थिए । परिवारको जिम्मेवारीप्रति प्रस्ट उनले २५ वर्षको उमेरमै आफ्नो कमाइले घर किनेका थिए ।
यद्यपि मेसीले भने टेलिभिजन छोड्नु रिस्क नभई समयको माग भएको उत्तर दिएका छन् । उनका अनुसार टेलिभिजनमा उनको ‘कन्टेन्ट’ आक्रामक थियो ।
जसबाट उनी वाक्क भइसकेका थिए । साथै यहिबीच उनी केही नयाँ गर्नुपर्ने सोचमा समेत थिए । यसले उनलाई फिल्मतर्फ आकर्षित गर्यो भने उनले टेलिभिजन छोड्ने निर्णय लिए ।
उनको विचारमा केवल पैसाले नै सधैँ सन्तुष्टि दिन सक्दैन । यो सबै कुरा आफ्ना बाबुआमाको ऋण तिर्दा र इच्छा पुरा गर्न सक्दा नै महसुस गरेको मेसीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया