मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आँसु किन आउँछ ?

शरीरमा कुनै चोट, कुनै पीडा वा मानिस भावुक बन्यो भने आँशु आउँछ । रुनै पर्छ भन्ने छैन । आखाँमा अचानक आशु आउँछ । कतिपय अवस्थामा हावामा बस्दा, लगातार उज्यालो हेर्दा पनि आशु आउँछ । किन आशु आउँछ ?

आँशु आँखाको कोर्नियाको सुरक्षाकालागि शरीरमा बनेको विलक्षण सुरक्षा प्रणाली हो । यसले दुई प्रकारले आँखाको रक्षा गर्छ । पहिलो, आँखामा रहेको दुइवटा ल्याकरुम ग्रन्थीबाट निस्कने आँशुले आँखाको कोर्नियालाई सफा राख्न र यसमा परेका बाहिरी बस्तुहरुलाई बगाएर बाहिर निकाल्न मद्दत गर्दछ ।

यस्तै अर्को, आँशुमा रहेको लाइसोसाइम नामक विशेष इनजाइमले व्यक्टोरियाहरुलाई मारिदिने काम गर्छ र आखाँमा हुन वा रोग लाग्नबाट बचाउँछ ।

त्यही इनजाइमको कारण आँशुको स्वाद नूनिलो हुन्छ । आँशु आँखाको दानलाई ढाक्ने पातलो झिल्ली जसलाई कन्जकटाइभा भनिन्छ त्यसमाथि बग्दछ र आँखाको भित्री कुनामा रहेको नलीमा जम्मा भएर बाहिर निस्कन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?