मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अंग अनुसार कोठीको संकेत थाहा पाउनुस्

शरीरमा कोठी हुनु कुनै नौलो कुरा होइन । यसले शरीरमा वा स्वास्थ्यमा पनि खासै कुनै हानी पार्दैन । कतिपय कोठी त सुन्दरताको कारक पनि बनिदिन्छ । यस्तै केहि कोठीले मानिसको सुन्दरतामा असर समेत पार्न सक्छ ।

हाम्रो शरीरमा रातो कोठी पनि हुने गर्दछ । यस्ता कोठी सौभाग्य र दुर्भाग्य दुबैको प्रतिक मानिन्छ । अनुहारमा रातो कोठी भएको व्यक्तिको वैवाहिक जीवन संकटग्रस्त हुन्छ । यस्तै हातमा भएको कोठीले आर्थिक मजबूती ल्याउँछ । यस्तै छातीमा भएको कोठीले विदेश जाने र धन कमाउने संकेत गर्दछ ।

यदि कसैको हत्केलामा अझ हत्केलाको बिच भागमा रातो कोठी छ र यो कुनै पर्वतमा छैन् भने यसले सम्पन्नता दिने ज्योतिषिय मान्यता छ । यदि पर्वतमा वा औलामा यस्तो कोठी छ भने यो दुर्भाग्यको कारण बन्न सक्छ ।

रातो कोठी जुन पर्वतमा हुन्छ त्यस पर्वतलाई खराब भनिन्छ । यस्तै जुन औलामा हुन्छ त्यस ग्रहलाई पनि कमजोर मानिन्छ । यस अलावा हत्केलाको पछाडी कोठी भए चाहिँ यस्ता व्यक्तिलाई भाग्यशाली मानिन्छ ।

यस्तै जुन मानिसको नाकमा यस्तो कोठी हुन्छ यस्तो व्यक्तिको जीवनमा संघर्ष बढ्न सक्ने मान्यता छ । यस्तै ओठको माथि कोठी भएका मानिस लोकप्रिय हुने विश्वास गरीन्छ ।

ओठमा कोठी भएकाले थोरै मानिसलाई मात्र आफ्नो मान्ने गर्दछन् । यस्तै जुन मानिसको नाकको मुनी कोठी हुन्छ, उनिहरु मानिससंग घुलमिल हुन रुचाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?