मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशैभर सार्वजनिक विदा

काठमाडौँ – आज राष्ट्रिय प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । 

गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यस वर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

यस अवसरमा आज काठमाडौंस्थित टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ ।

दिवस मनाउनका लागि सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नै राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० मूल समारोह समिति बनाएको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा सामुदायिक संघसस्थाका व्यक्तित्वको उपस्थिति रहनेछ ।

सो क्रममा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झन्डा प्रदर्शन गर्ने कार्यक्रम समेत छ । 

वि।सं। २००७ मा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइँदै आएको छ ।

त्यसैको सम्मान र सम्झनामा आज सरकारले प्रजातन्त्र दिवस मनाउँदै सार्वजनिक बिदा पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?