मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पठाइसकेको सन्देश सम्पादन गर्ने सुविधा ल्याउँदै गुगल म्यासेज

काठमाडौँ – एसएमएस र आरसीएस मेसेजिङका लागि सर्वाधिक प्रयोग हुने एप गुगल म्यासेजले पठाइसकेको सन्देश सम्पादन गर्ने सुविधा ल्याउने भएको छ ।

यो फिचर अझै पनि सार्वजनिक रूपमा उपलब्ध छैन। तर यो बारे ट्विटर प्रयोगकर्ता एसेम्बलडिबग ले खुलासा गरेका हुन् । उनले गुगल म्यासेजको बिटा संस्करण भित्र लुकेको फिचरको प्रमाण फेला पारेका हुन् ।

जसले गुगलले पक्कै सक्रिय रूपमा यसलाई पर्दा पछाडि विकास गरिरहेको छ भन्ने अनुमान गरिएको छ। साथै प्रयोगकर्ताहरूले पठाइएका सन्देशहरू सम्पादन गर्नका लागि भनेर ३० मिनेटको विन्डो प्राप्त गर्न सक्ने बताएको जनाइएको छ।

साथै, सुरुवातमा, फिचर इडिट स्ट्याण्डर्ड एसएमएस नभएर आरसीएस म्यासेजमा मात्र लागू हुनसक्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।

त्यस्तै गुगल म्यासेजले ट्रान्सप्यारेन्ट इडिट हिस्ट्री  कायम राख्नेछ भने यसले प्रयोगकर्ताहरूलाई कुनै पनि परिवर्तनहरू हेर्न अनुमति दिने जस्तो देखिने रिपोर्टमा उल्लेख छ।

यो प्रक्रिया सहज र सरल हुने आशा गरिदा यो फिचरले टाइपिङ वा अन्य त्रुटिको कारण सन्देशहरू मेटाउनु पर्ने र पुनः पठाउनु पर्ने समस्यालाई समाधान गर्ने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?