मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओपनएआईद्वारा टेक्स्टबाट भिडियो बनाउने नयाँ एआई मोडल ‘सोरा’ लन्च

काठमाडौँ– च्याटजीपीटी निर्माता ओपनएआईले सोरा नामक नयाँ टेक्स्ट–टु–भिडियो मोडल लन्च गरेको छ ।

सोराले तपाईले दिएको निर्देशनको आधारमा यथार्थवादी र कल्पनाशील भिडियो निर्माण गर्नेछ । सोराले एकै पटक पूरा भिडियो बनाउन वा उत्पन्न भिडियोलाई लामो बनाउन सक्ने दाबी कम्पनीले गरेको छ ।

जीपीटी मोडेल जस्तै, सोराले ट्रान्सफर्मर आर्किटेक्चर प्रयोग गरिएको बताइएको छ । कम्पनीले सोरालाई ओपनएआई उत्पादनहरूमा उपलब्ध गराउनु अघि महत्त्वपूर्ण सुरक्षा कदमहरू चाल्ने बताएको छ ।

कम्पनीले गलत सूचना, घृणा सामग्री र भेदभाव जस्ता क्षेत्रमा काम गर्ने मोडेलहरूको परीक्षण गरिरहेको जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?