काठमाडौँ– च्याटजीपीटी निर्माता ओपनएआईले सोरा नामक नयाँ टेक्स्ट–टु–भिडियो मोडल लन्च गरेको छ ।
सोराले तपाईले दिएको निर्देशनको आधारमा यथार्थवादी र कल्पनाशील भिडियो निर्माण गर्नेछ । सोराले एकै पटक पूरा भिडियो बनाउन वा उत्पन्न भिडियोलाई लामो बनाउन सक्ने दाबी कम्पनीले गरेको छ ।
जीपीटी मोडेल जस्तै, सोराले ट्रान्सफर्मर आर्किटेक्चर प्रयोग गरिएको बताइएको छ । कम्पनीले सोरालाई ओपनएआई उत्पादनहरूमा उपलब्ध गराउनु अघि महत्त्वपूर्ण सुरक्षा कदमहरू चाल्ने बताएको छ ।
कम्पनीले गलत सूचना, घृणा सामग्री र भेदभाव जस्ता क्षेत्रमा काम गर्ने मोडेलहरूको परीक्षण गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया