मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विरहीको ‘तेह्रथुमको साहित्यिक इतिहास’ पुस्तक विमोचन

काठमाडौँ – पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति ‘तेह्रथुमको साहित्यिक इतिहास’को विमोचन गरिएको छ ।

एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी, काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच सो पुस्तकको विमोचन गरिएको हो ।

पुस्तक तेह्रथुमबाट निर्वाचित सांसद तथा सहरी विकासमन्त्री सीता गुरुङ तथा मदन पुरस्कार विजेता लेखक भगिराज इङनाम लगायतले सार्वजनिक गरे । 

मदन पुरस्कार विजेता लेखक भगिराग इङनामले १८६७ सालमा तेह्रथुमको नाम रहेको भनेर लेखकले पुरानाले गरेको गल्ती नदोहोर्याएको बताए । किताबमा मुन्धुमबारेमा पनि इङनामले बोलेका थिए ।

लिम्बुबारेमा बोल्दै इङनामले भने,‘लेखकले लिम्बुलाई याक्थुङ भनेर सहि नाम दिए । नेपालीले लिम्बु र सिक्किमले लेप्चाले चोङ भन्छन् याक्थुङलाई ।

त्यस्तै साहित्यकार तथा समीक्षक ममता मृदुलले किताबमा लेखकले नौ कृति ल्याइसकेका विरहीको ताजा किताब उत्तिकै महत्त्वपूर्ण भएको बताइन् । उनले पुस्तक रचना कृति लिएर खण्ड खण्डमा राखेको बताइन् ।

झण्डै डेढ दशकको तयारी र पछिल्लो दुई वर्षको फुलटाइमर कामपछि पुस्तक तयार भएको लेखक विरहीले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?