मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड अभिनेत्री परिणीति चोपडा अभिनयसँगै गायनमा सक्रिय

काठमाडौं – बलिउड अभिनेत्री परिणीति चोपडा अभिनयका अलावा गीत गाएर पनि चर्चामा छिन् । हालै अभिनेत्रीले लाइभ कन्सर्टमा गीत गाएकी छिन् । उनको स्वरलाई पनि धेरैले रुचाएका छन् । उनले केही दिनअघि मात्र आगामी योजना सार्वजनिक गर्दा उनका फ्यान उत्साहित बनेका छन् ।

परिणीतिका अनुसार उनले इम्तियाज अली निर्देशित र दिलजीत दोसांझ अभिनीत आगामी फिल्म ‘चमकिला’ मा करिब १५ गीत गाउँदैछिन् । यो फिल्म विवादास्पद पञ्जाबी लोक गायक अमर सिंह चमकिलाको बायोपिक हो, जो विद्रोही रवैयाका लागि चिनिएका थिए ।

फिल्ममा दिलजीत चमकिलाको भूमिकामा देखिनेछन् भने परिणीतिले चमकीलाको गायिका पत्नी अमरजोत कौर चरित्र निभाउनेछिन् । परिणीतिले यस अघि आफ्नो फिल्म ‘मेरी प्यारी विन्दु’ र ‘केसरी’ मा गीत गाइसकेकी छन् । उनले ‘चमकीला’ मा अनुबन्ध हुनु आफ्ना लागि सङ्गीत प्रतिभा देखाउने अवसर भएको उल्लेख गरेकी छन् ।

‘यो फिल्ममा अभिनय गर्नुपर्ने एक प्रमुख कारण यो हो कि मैले यसमा १५ गीत गाउँदै छु । यो फिल्मको दौरान मेरो सह–कलाकार दिलजीतले मैले गाउँदै गरेको सुनेपछि मलाई लाइभ गाउन भने । मेरो वरपर रहेका जो कोही पनि मलाई मञ्चमा गीत गाउन सक्ने बताइरहेका छन्, उनले भनेकी छन् ।

‘चमकिला’ को सङ्गीत एआर रहमानले तयार पारेका छन् । उनले यसअघि इम्तियाज अलीको फिल्महरु ‘रकस्टार’, ‘हाईवे’ र ‘तमाशा’ का लागि सङ्गीत दिएका थिए । यो फिल्म गत वर्ष घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?