मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एनिमेसन प्रविधिबाट तयार पारिएको फिल्म ‘सलिना’को टिजर सार्वजनिक

काठमाडौं – एनिमेसन प्रविधिबाट तयार पारिएको नेपाली चलचित्र सलिनाको टिजर सार्वजनिक गरिएको छ। यो चलचित्रको सम्पूर्ण एनिमेसन तथा प्राविधिक काम नेपालमै गरिएको निमार्ण पक्षले जनाएको छ ।

चलचित्रका सम्पादक शिव पुरीका अनुसार यो नेपालकै पहिलो एनिमेटेड चलचित्र हो । फिल्म काल्पनिक लोककथामा आधारित छ। चलचित्रको निर्माण टिमले शुक्रबार विज्ञप्ति जारी गर्दै एनिमेसन चलचित्र सलिना पूर्ण रूपमा नेपाली भाषामा तयार भएको जनाएको छ। यस चलचित्र हिन्दी र अंग्रेजी संस्करणमा समेत निर्माण गरिएको बताइएको छ।

सन् २०२३ भित्र सलिना सिनेमा हलमा प्रदर्शनीमा ल्याउने तयारी भइरहेको निर्माण टिमले जनाएको छ। यस चलचित्रमा निर्देशन तेजसराज जोशीले गरेका छन् भने निर्माता जोशी र श्रुति श्रेष्ठ हुन्। चलचित्रलाई सम्पादक शिव पुरी र श्रुति श्रेष्ठले संयुक्त रूपमा सम्पादन गरेका हुन्।

चलचित्रमा ग्राफिक्स कलाकारका रूपमा सगिन महर्जन, अविनाशसिंह थारू र शिरभा मानन्धर छन्। चलचित्रले राजकुमारी सलिनाको कथा बताउँछ।

चलचित्रमा सुशील नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइँकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाशसिंह थारू, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारले पार्श्व आवाज दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?