मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चलचित्र विकास बोर्ड स्वायत्त नभएसम्म काम गर्न सकिँदैन: भुवन केसी

काठमाडौँ– कलाकार तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोर्ड स्वायत्त नभएसम्म काम गर्न नसक्ने बताएका छन् । चलचित्र पत्रकार संघले आइतबार हेटौंडामा आयोजना गरेको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

साथै उनले चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन कार्यविधि अगाडि बढाइएको पनि बताए ।

‘हाम्रोमा चलचित्र ऐन र यसभित्र समस्या छन्, बोर्ड आफैंमा स्वायत्त छैन’, उनले भने, ‘स्वायत्त नभएसम्म चलचित्र विकास बोर्डले धेरै काम गर्न सक्दैन । स्वायत्ततालाई प्राथमिकतामा राखेर नयाँ पाठ बनाएका छौं । भोलि या पर्सी यसलाई लिएर हामी मन्त्रालयमा जान्छौं ।’

उनले यो कार्यविधि पारित भए चलचित्र क्षेत्रसम्बन्धी धेरै उपलब्धीमूलक काम हुने दाबी समेत गरे । साथै उनले आफू चलचित्र विकास बोर्डमा गएपछि धेरै काम हुनुपर्ने भए पनि हुन काम हुन नसकेको स्वीकार गरे । यसको कारण ऐन भएको उनको तर्क थियो ।

कार्यशालामा सहभागी चलचित्र पत्रकार र कलाकारहरुको सहभागितालाई सकारात्मक रुपमा लिएको पनि उनले बताए । यसले नेपाली चलचित्रको प्रवर्धन, अन्तर्राष्ट्रिय रुपमा विश्वव्यापीकरण गर्न कसरी अगाडि लैजाउने भन्ने बारे बृहत्त छलफल हुने आशा समेत राखे ।

केही दशक अघिसम्म नेपाली कलाकार र चलचित्रका विषयमा लेख्ने पत्रकार नभएको दिनलाई स्मरण गर्दै उनले भेलामा सहभागिताप्रति आभार व्यक्त गरे ।

‘धेरै पत्रकार साथीहरु, कलाकार यहाँ हुनुहुन्छ, हाम्रो परिवार ठूलो भइसकेछ, नेपाली चलचित्रलाई कसरी विश्वप्यापीकरण गर्ने, बक्स अफिसमा कसरी निर्माताहरुको लगानी सुरक्षित गर्ने भनेर छलफल गर्ने, सल्लाह र सुझाव यावत विषयले नै चलचित्र क्षेत्र अगाडि बढ्न सक्छ,’ उनले भने ।

चलचित्र नीति र विकासमा बोर्डमा धेरै अधिकार नभएको बताउँदै उनले सबै मिलेर नेपाली सिनेमा क्षेत्रको विकासमा लाग्नुपर्ने धारणा राखे । उनले चलचित्र नै नभए निर्माता, निर्देशक, चलचित्र पत्रकार भन्ने नै रहने सुनाउँदै नेपाली चलचित्रलाई कसरी विदेशी चलचित्रको अतिक्रमणबाट बचाएर यस क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमहरु धेरै भन्दा धेरै हुनुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?