मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘अन्डरवर्ल्ड डन’ सँग नाम जोडिएका यी बलिउड अभिनेत्री

मुम्बई– बलिउडमा केही अभिनेत्रीहरुको अन्डरवर्ल्ड डनसँग सम्बन्ध नजिक रहेको विषयले बेलाबेलामा चर्चा पाउने गर्छ । केही बलिउड अभिनेत्रीहरूले भारतका कुख्यात अपराधीसँग सम्बन्न गाँसेको हल्ला चलेको थिए । तीमध्ये केहीले त बिहे नै गरेका थिए ।

भारतको सबैभन्दा खोजी सूचीको शीर्ष स्थानमा रहेका डनहरूसँग सम्बन्ध गाँसिएका चार अभिनेत्रीका बारेमा यहाँ चर्चा गरिएको छ ।

ममता कुलकर्णी

अभिनेत्री ममता कुलकर्णीको नाम अन्डरवर्ल्ड डनसँग यसरी जोडियो कि, उनको सबै करियर चौपट भयो । डन विक्की गोस्वामीसँग विवाह गरेपछि उनको करियरमा ब्रेक लाग्यो । यहाँसम्म कि अभिनेत्रीलाई प्रहरीले लागूऔषधको मामलामा पक्राउ नै गरे ।

मन्दाकिनी
अभिनेत्री मन्दाकिनीको नाम पनि अन्डरवर्ल्डसँग निकै जोडियो । ‘राम तेरी गंगा मैली’ फिल्मबाट आफ्नो जादु छरेकी मन्दाकिनीको करियर अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग जोडिएपछि उनको अभिनय करियर ध्वस्तै भयो ।

एक खेलको समयमा दाउदसँगको उनको तस्वीर भाइरल नै भयो । यद्यपि उनले हरेक पटक दाउदसँगको आफ्नो सम्बन्धलाई लिएर अस्वीकार गर्दै आएकी थिइन् ।

मोनिका बेदी
मोनिका बेदीको नाम अन्डरवर्ल्ड डन अबू सलेमसँग जोडिएका थियो । यही कारण उनले जेल पनि जानु परेको थियो ।
भलै उनी जेलबाट बाहिर त आइन्, तर उनको फिल्मी करियर सकियो । उनी अहिले सामाजिक सञ्जालमा सक्रिय छिन् ।

अनिता अयूब
अभिनेत्री अनिता अयूबको नाम पनि अन्तरवर्ल्ड माफिया दाउद इब्राहिमसँग जोडिएको छ । सञ्चारमाध्यमका अनुसार एकपटक जावेदले अनितालाई फिल्ममा लिन अस्वीकार गरेका थिए । यो कुरा थाहा पाएका दाउदले जावेदको हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?