मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एन्ड्रोइड १५ को पहिलो डेभलपर प्रिभ्यु सार्वजनिक,थपिए यी सुविधा

काठमाडौँ– गुगलले आफ्नो एन्ड्रोइड अपरेटिङ सिस्टमको नयाँ संस्करण एन्ड्रोइड १५ अझ परिष्कृत भएर आउने जनाएको छ 

गुगलले एन्ड्रोइड १५ को पहिलो डेभलपर प्रिभ्यु सार्वजनिक गरेको छ । जसमा गुगलले नयाँ सफ्टवेयरमा सुधारिएको क्यामेरा पर्फमेन्स, प्रयोगकर्ताको गोपनीयता, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता सुविधाहरू परिष्कृत गर्ने जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार ग्राफिक्स, डिस्प्ले, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता सुविधाहरू पनि परिष्कृत भएर आउँदैछन् ।

कम्पनीका अनुसार एन्ड्रोइड १५ बाट सञ्चालन हुने स्मार्टफोनले अँध्यारोमा पनि उत्कृष्ट तस्वीर खिच्नेछ । 

त्यस्तै गुगलले नयाँ एन्ड्रोइड संस्करणमा प्रयोगकर्ताको गोपनीयता सम्बन्धी फिचर पनि राख्ने जनाएको छ । एन्ड्रोइड १५ को पहिलो डेभलपर प्रिभ्यु पिक्सेल स्मार्टफोनहरूका लागि उपलब्ध छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?