मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सेरेङको ‘कलाका अन्तर्मन’ सार्वजनिक

काठमाडौँ– कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ सार्वजनिक भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले शनिबार काठमाडौंमा आयोजित समारोहमा उक्त कृति सार्वजनिक गरेका हुन ।
अढाइ दशकदेखि कर्मथलो हङकङमा रहेका सेरेङको यो पहिलो कृति हो ।

पुस्तक कृतिभित्र ११५ शीर्षकका गीत तथा कविता समावेश छन् । मातृभूमि नेपालको वनपाखा, गाउँघर, सर्वोच्च शिखर सगरमाथा, बाबुआमा, मातृभूमिप्रति माया, मायाप्रितीका शब्द संग्रहमा छन् ।

पुस्तक कृतिबारे कुलपति राईले कवि कला सेरेङको कविताबाट उर्जा मिल्ने बताए । कविताले मानिसलाई रुवाउन र हसाउन सक्ने भएकोले साहित्यमा ठूलो शक्ति रहको बताउँदै विदेशमा बसेर पनि नेपाली साहित्यलाई माया गरेकोप्रति कवि सेरेङलाई शुभकामना दिए ।

सेरेङले आफ्नो अनुभव र भोगाइलाई कविता तथा गीत मार्फत पस्कन खोजेको बताइन । डायस्पोरामा रहेर मातृभूमि नेपालको मायाले गर्दा मनका भावनाहरू साहित्यमा उतारेको समेत सुनाइन् ।

‘मैले नेपाली साहित्यको इतिहास पढेर, सिद्धान्त घोकेर कुनै रचना रचेको छैन,’ उनले भनिन्, ‘हामी डायस्पोरामा रहेर मातृभूमि र नेपाली भाषाको श्रीवृद्धि गर्ने चाहनाले भावनाको सँगालो प्रकाशनमा ल्याएकी हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?