मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड फिल्म निर्देशक राजकुमार सन्तोषीलाई २ वर्षको जेल सजाय

काठमाडाैँ – बलिउड फिल्मका चर्चित निर्देशक राजकुमार सन्तोषीलाई दुई वर्षको जेल सजाय भएको छ । उनलाई जामनगर अदालतले यस्तो आदेश गरेको हो ।

साथै पीडितलाई २ करोड क्षतिपूर्ति दिन समेत सन्तोषीलाई आदेश दिइएको छ । उनको यो मुद्दा धेरै पहिलेको चेक बाउन्ससँग जोडिएको भारतीय मिडियाहरूले बताएका छन् ।

मिडियाहरूका अनुसार सन्तोषीले जामनगरकै अशोकलाल नामक व्यापारीसँग १ करोड ऋण लिएका थिए । जुन रकम फिर्ता नभएपछि व्यापारी अदालत पुगेका थिए ।

अशोकलालका कानुन व्यवसायीका अनुसार सन् २०१५ मा सन्तोषीले अशोकलालसँग १ करोड ऋण लिएका थिए । जसको भुक्तानीका लागि भन्दै सन्तोषीले १०–१० लाखको १० ओटा चेक समेत दिएका थिए ।

तर सन् २०१६ मा सो चेक बाउन्स भयो । यसबारेमा कुराकानी गर्न खोज्दा समेत सन्तोषीले बेवास्ता गरेको अशोकलालको आरोप छ । यही कारण अदालतसम्म पुगेको यो मुद्दाको सुनुवाइमा समेत सन्तोषी १८ पटक अनुपस्थित रहेका थिए । 

‘घायल’,‘घातक’ र ‘अन्दाज अपना अपना’ जस्ता चलचित्र निर्देशन गरेका सन्तोषी बलिउडका चर्चित निर्देशक हुन् । उनको आगामी फिल्म ‘लाहौर १९४७’ अहिले चर्चामा छ ।

सनी देओलको मुख्य भूमिका रहने यो फिल्मको निर्माता अमिर खान हुन भने प्रिति जिन्टा समेत मुख्य अभिनेत्रीकी रूपमा देखिने छिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?