मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छालालाई सुन्दर र गोरो बनाउने घरेलु उपाय

छालाको रङ्गसँग सुन्दरता मापन गर्ने  हाम्रो सामाजिक मान्यता छ । जुन गलत भएपनि सेतो छाला होस् भन्ने सबैको चाहाना हुन्छ ।

गोरो बन्ने रहर धेरैलाई हुन्छ,  गोरो र चम्किलो छाला बनाउन हामी बिभिन्न उपायहरू अपनाइरहेका पनि हुन्छौँ । यसैका लागि मानिसहरूले धेरै रुपैयाँ पनि खर्च गरिरहेका हुन्छन् । 

विभिन्न कारणले मानिसहरूको गोरोपनमा कमी आउँछ, जस्तै टन्टलापुर घाम, प्रदूषण, अनुहारको दाग धब्बा आदि । हाम्रो छाला धेरै नै संवेदनशील छ ।

बजारमा पाइने विभिन्न प्रकारका क्रिमहरूको प्रयोगले छालामा नराम्रो असर पर्नसक्छ । केही यस्ता घरेलु उपायहरू हुन्छन् जसले हाम्रो छालालाई गोरो र चम्किलो बनाइ अनुहार सुन्दर बनाउँन मदत गरिरहेको हुन्छ तर हामी ती उपायहरूलाई ध्यान दिदैँनौं ।

हामीले खाने खानाले पनि छालाको गोरोपनामा भूमिका खेल्छ । केही तरकारी तथा फलफूलमा भएका गुणहरूले हामीलाई प्राकृतिक रूपमै गोरो बनाउन मद्दत गर्छन् ।

घरेलु सामानको प्रयोगबाट छालामा निखार ल्याउन सक्छौँ । छाला गोरो बनाउनको लागि धेरै मंहगो व्यूटी प्रोडक्ट पनि प्रयोग गरिरहेका हुन्छौँ तर सबैभन्दा राम्रो उपाय भनेकै घरमा भएको प्राकृतिक चीजहरूको प्रयोग गर्नु हो ।

 छाला गोरो बनाउने घरेलु उपायहरू :

– घिउकुमारीको रसले मसाज गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।

–दूध र केराको पेस्ट २० मिनेटका लागि लगाउने ।

–बेसनमा, दूध या दही ,कागती या टमाटर राखेर बनाएको पेस्टे  छालामा लगाउने ।

–गुलाब जललाई दूधसँग मिसाएर सधैँ राति सुत्नुभन्दा अगाडि अनुहारमा लगाउने ।

– काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।

–सुन्तलाको बोक्राको धुलोमा कागतीको रस मिसाएर लेप प्रयोग गर्ने ।

–कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।

–महको केही थोपालाई कागती र थोरै दहीमा मिसाएर अनुहारमा लगाउने ।

– प्रशस्त पानी पिउनाले तपाईँको छाला सुख्खा हुनबाट बचाउँछ । 

–डार्क सर्कल हटाउन आँखाको वरिपरि काँचो आलुको रसले हल्का मसाज गर्ने ।

–आँपको बोक्रालाई दूधमा पिसेर पेस्ट लगाउने ।

छाला गोरो बनाउन यी बाहेक काँक्रा, बेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग प्रयोग गर्न सकिन्छ । फलफूल खाँदा र लगाउँदा पनि अनुहारको छालाका लागि फाइदाजनक हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?