छालाको रङ्गसँग सुन्दरता मापन गर्ने हाम्रो सामाजिक मान्यता छ । जुन गलत भएपनि सेतो छाला होस् भन्ने सबैको चाहाना हुन्छ ।
गोरो बन्ने रहर धेरैलाई हुन्छ, गोरो र चम्किलो छाला बनाउन हामी बिभिन्न उपायहरू अपनाइरहेका पनि हुन्छौँ । यसैका लागि मानिसहरूले धेरै रुपैयाँ पनि खर्च गरिरहेका हुन्छन् ।
विभिन्न कारणले मानिसहरूको गोरोपनमा कमी आउँछ, जस्तै टन्टलापुर घाम, प्रदूषण, अनुहारको दाग धब्बा आदि । हाम्रो छाला धेरै नै संवेदनशील छ ।
बजारमा पाइने विभिन्न प्रकारका क्रिमहरूको प्रयोगले छालामा नराम्रो असर पर्नसक्छ । केही यस्ता घरेलु उपायहरू हुन्छन् जसले हाम्रो छालालाई गोरो र चम्किलो बनाइ अनुहार सुन्दर बनाउँन मदत गरिरहेको हुन्छ तर हामी ती उपायहरूलाई ध्यान दिदैँनौं ।
हामीले खाने खानाले पनि छालाको गोरोपनामा भूमिका खेल्छ । केही तरकारी तथा फलफूलमा भएका गुणहरूले हामीलाई प्राकृतिक रूपमै गोरो बनाउन मद्दत गर्छन् ।
घरेलु सामानको प्रयोगबाट छालामा निखार ल्याउन सक्छौँ । छाला गोरो बनाउनको लागि धेरै मंहगो व्यूटी प्रोडक्ट पनि प्रयोग गरिरहेका हुन्छौँ तर सबैभन्दा राम्रो उपाय भनेकै घरमा भएको प्राकृतिक चीजहरूको प्रयोग गर्नु हो ।
छाला गोरो बनाउने घरेलु उपायहरू :
– घिउकुमारीको रसले मसाज गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।
–दूध र केराको पेस्ट २० मिनेटका लागि लगाउने ।
–बेसनमा, दूध या दही ,कागती या टमाटर राखेर बनाएको पेस्टे छालामा लगाउने ।
–गुलाब जललाई दूधसँग मिसाएर सधैँ राति सुत्नुभन्दा अगाडि अनुहारमा लगाउने ।
– काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
–सुन्तलाको बोक्राको धुलोमा कागतीको रस मिसाएर लेप प्रयोग गर्ने ।
–कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।
–महको केही थोपालाई कागती र थोरै दहीमा मिसाएर अनुहारमा लगाउने ।
– प्रशस्त पानी पिउनाले तपाईँको छाला सुख्खा हुनबाट बचाउँछ ।
–डार्क सर्कल हटाउन आँखाको वरिपरि काँचो आलुको रसले हल्का मसाज गर्ने ।
–आँपको बोक्रालाई दूधमा पिसेर पेस्ट लगाउने ।
छाला गोरो बनाउन यी बाहेक काँक्रा, बेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग प्रयोग गर्न सकिन्छ । फलफूल खाँदा र लगाउँदा पनि अनुहारको छालाका लागि फाइदाजनक हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया