मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजको मौसम : चार प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ – अहिले कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाँकी भू–भागको मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ भने देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

त्यसै आज दिउसो सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको हुनसक्ने महाशाखाले जनाएको छ ।

यता कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा  र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान पनि महाशाखाको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?