काठमाडौँ – अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी भू–भागको मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ भने देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
त्यसै आज दिउसो सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको हुनसक्ने महाशाखाले जनाएको छ ।
यता कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने पूर्वानुमान पनि महाशाखाको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया