मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युट्युबमा भोजपुरी भाषाको टेलिश्रृङ्खला ‘खेलाडी’ आउँदै

काठमाडौं- विश्वभर फैलिएका भोजपुरी भाषी दर्शकलाई युट्युबका माध्यामद्वारा आफ्नै मातृभाषामा गीत, सङ्गीत र टेलिशृङ्खला प्रस्तुत गर्ने एउटा जमर्काे गरिएको छ । मुखिया इन्टरटेन्मेन्ट एण्ड मिडिया प्रालिले भोजपुरी भाषामा ‘खेलाडी’ नामक हास्य टेलिशृङ्खला निर्माण गरी यही फागुन १३ गतेदेखि युट्युबबाट विश्वभर पुर्‍याउने तयारी गरेको हो ।

हास्यव्यङ्ग्यका माध्यमबाट समाजमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्ने मुख्य उद्देश्यले भोजपुरी भाषाको पहिलो टेलिशृङ्खला निर्माण भएको लेखक तथा निर्देशक सैलेसमानसिंह बस्नेतले बताए । चाँदनी देवीले निर्माण गरेको टेलिशृङ्खलामा भोजपुरी भाषामा कलम चलाउँदै आएकी सञ्चारकर्मी प्रियङ्का पाण्डे, वीरेन्द्र मुखिया, स्वनीका बास्तोला, सरु बराल, अर्काना खातुनलगायत कलाकारको अभिनय रहनेछ ।

टेलिशृङ्खलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार पाण्डेले विश्वका जुनसुकै कुनामा बसेका भए पनि भोजपुरी भाषीले खुसी हुँदा, दुःखी हुँदा, रिस उठेर कसैलाई गाली गर्नुपरेमा आफ्नै मातृभाषा प्रयोग गर्ने गरेको घटना सुनाइन् ।

नेपालको सर्लाही, रौतहट, बारा र पर्सासहित विश्वका धेरै मुलुकमा बोलिँदै आएको भोजपुरीलाई शिष्ट भाषाका रुपमा लिने गरिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?