मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘उपहार’ ले नेपाली फिल्मको उचाइ अझै बढाउने सांसद शर्माको विश्वास

काठमाडौं- नेपाली कांग्रेसका सुनिल शर्माले रेखा थापाको फिल्म ‘उपहार’ ले नेपाली फिल्मको उचाइ अझ बढाउने बताएका छन् । शुक्रबार सार्वजनिक भएको हेरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ट्रेलर सेयर पनि गरेका छन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘नेपाली सिने जगतकी सुपरस्टार चर्चित अभिनेत्री महिला नेतृ बहिनी रेखा थापा टिमको फागुन २५ गते शिवरात्रीको दिन चलचित्र ‘उपहार’ प्रदर्शनमा आउँदैछ । सोही अनुरुप फिल्मको ट्रेलर सार्वजनिक भयो, हेरियो । निक्कै कौतुहलता जगाउने टेलर हेरेपछि पक्कै पनि यो फिल्मबाट रेखा र टिमले नेपाली चलचित्रको हाईट अझै माथि पुर्याउने आशा एवम् विस्वास राखेको छु’, उनले लेखेका छन् ।

उनले अभिनेत्री रेखा थापालाई नेतृत्वदायी भूमिका निभाउन सक्ने, हक्की, निडर र महिला दिदीबहिनीहरुको पीर भावना बुझ्न सक्ने क्षमतावान नारीका रुपमा आफूले चिनेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?