मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संरक्षणको पर्खाइमा वाग्मा पोखरी

काठमाडौं- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको पर्यटकीय सम्भावना बोकेको वाग्मा पोखरी ओझेलमा परेको छ । मिक्वाखोला गाउँपालिका–४ साँवामा रहेको वाग्मा पोखरी आवश्यक संरक्षणसँगै प्रचारप्रसारको पर्खाइमा छ ।

धार्मिक दृष्टिकोणले प्रसिद्ध मानिने मानाभराको काखमा पर्ने वाग्मा पोखरी पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार यो पोखरी करिब पाँच रोपनी बराबरको क्षेत्रफलमा फैलिएको छ । मानव बस्तीभन्दा केही टाढा हरियाली वनको बीचमा एकान्त वातावरण रहेकाले पोखरीको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्ने स्थानीय बताउँछन् ।

निकै सुन्दर र आकर्षक देखिने वाग्मा पोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवद्र्धनका लागि तीनै तहका सरकारले प्राथमिकता नदिएको पाइएको छ । पोखरीलाई पर्यटकीय गन्तव्य बनाउने योजनासँगै आवश्यक संरक्षण र प्रचारप्रसार गर्नुपर्ने स्थानीयको भनाइ छ ।

पोखरीको प्रवद्र्धन र प्रचारप्रसार गर्नसकेमा पर्यटकको धेरै उपस्थितिको सम्भावना रहेको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले बताए । थापाका अनुसार मिक्वाखोला–४ साँवामा स्थापित पर्यटकीय गन्तव्य फुङ्फुङगे झरना, वडा–५ पापुङको तोक्पेगोला लोदेन क्षेत्रसँगै वाग्मा पोखरीलाई पनि पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।

गाउँपालिकाका अध्यक्ष कार्कीले पर्यटकीय शृङ्खलाअन्तर्गत तोक्पेगोला लोदेन क्षेत्र, फुङ्फुङगे झरना र वाग्मा पोखरीलाई जोड्न सकिने भए पनि विकास र प्रवद्र्धन हुन नसकेको बताए । गाउँपालिकाले आफ्नो नीति कार्यक्रममार्फत यस पोखरीलाई समावेश गरी मिक्वाखोलालाई पर्यटकीय हवका रुपमा विकास गर्नेगरी योजना बनाइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?